बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

यो हो संसारको सबैभन्दा ठुलो काजुको रुख

बिहीबार, १० साउन २०८१, १८ : २१
बिहीबार, १० साउन २०८१

रियो द जेनरियो । ब्राजिलको रियो ग्रान्डे दो नोर्तेमा रहेको पिराङ्गी काजुको रुखलाई विश्वकै सबैभन्दा ठुलो काजुको रुख मानिएको छ । झन्डै ८ हजार ४०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो रुखको परिधि नै ५०० मिटर बराबरको छ । यो रुखलाई सन् १८८८ मा एक जना स्थानीय मछुवाराले रोपेका थिए ।

तर रुखको वृद्धि विकासको रुखलाई हेर्दा विज्ञहरूले यो रुख हजारौँ भन्दा पुरानो हुन सक्ने अनुमान गरेका छन् । एउटा कुरा चाँहि के पक्का हो भने यो रुख सामान्य काजुको रुख होइन । यसको सामान्य खालको ७० वटा काजुको रुख बराबर छ । यो रुखमा वर्षभरिमा ६० हजारभन्दा धेरै काजुको फल फल्छ । ब्राजिलभरबाट यो रुख हेर्न पर्यटकहरू आउने गरेका छन् ।

तर यो काजुको रुख यति ठुलो कसरी भयो ? रुखको हाँगाहरू ठाडो बढ्छन् । तर यो रुखको हाँगाहरू तेस्रो बढेको छ । भार र गुरुत्वाकर्षणका कारण हाँगाहरू जमिनतिर निहुरिए । जमिनको सम्पर्कमा आएपछि हाँगामा जरा पलायो अनि यसैगरी रुख पर परसम्म फैलियो । अहिले त यो रुखको मूल काण्ड कुन थियो भनेर पत्ता लगाउने असम्भव भएको छ ।

गिनिज बुकले यसलाई विश्वको सबैभन्दा ठुलो काजुको रुख भनेर आफ्नो रेकर्डमा राखेपछि यो स्थानीय क्षेत्रको मुख्य पर्यटकीय गन्तव्य बनेको छ । बर्सेनि झन्डै ३ लाख पर्यटकहरू यो रुखलाई हेर्न आउने गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप