काठमाडौँ उपत्यकाका तीन जनामा हैजा पुष्टि, एक जना सम्पर्कविहीन
बिहीबार, १० साउन २०८१, १७ : ५३

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जनामा हैजा पुष्टि भएको छ । हैजा पुष्टि भएका तीन जनामध्ये एक जना सम्पर्कविहीन भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.युवानिधी बसौलाले बताएका छन् ।
उनका अनुसार ललितपुरको गोदावरी नगरपालिका– १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका ४ बालकलाई हैजाको आशंकामा उपचारका लागि एक साता पहिला अस्पताल ल्याइएको थियो ।
उनीहरूमध्ये एक जना १६ वर्षीय बालक टेकु अस्पतालमा उपचाररत छन् । उनलाई बिहीबार डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
यस्तै एक जनालाई पाटन अस्पतालमा रिफर गरिएको थियो । उनको उपचार जारी छ ।
टेकु अस्पतालमा उपचाररत अर्का २ जना भने भागेका छन् । उनीहरूमध्ये १ जनामा हैजा पुष्टि भएको छ भने अर्का एक जनाको रपोर्ट आउन बाँकी रहेको बसौलाले बताए । हैजा पुष्टि भएका बालक सम्पर्कविहीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारमा रवि लामिछाने : खानामा दाल, भात, तरकारी नै रुचाउँछन्
-
आर्सनलसँगको नमिठो हारपछि क्लब छाड्दै रियल मड्रिडका मुख्य प्रशिक्षक
-
कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्नुस् : राष्ट्रिय परीक्षा बोर्ड
-
एआईजी बढुवा– राष्ट्रिय अनुसन्धानबाट आएकाहरू सिफारिस भएनन्
-
पाइप फुटेपछि थापाथली कोरिडोरमा बिजोग (तस्बिरहरू)
-
संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुख तेहरानमा