कैलालीमा ताल विवाद : ८ जना नियन्त्रणमा, वडा कार्यालयमा तालाबन्दी
धनगढी । कैलालीको कैलारी गाउँपालिकामा ताल ठेक्का विवाद उत्कर्षमा पुगेको छ ।
गाउँपालिकाको वडा नं. ९ स्थित कोइलही ताल ठेक्का विवाद उत्कर्षमा पुगेको हो । गाउँपालिकाले माछा पालनको लागि ठेक्का दिँदा स्थानीयसँग समन्वय नगरी ठेक्का दिएपछि स्थानीयबासी आक्रोशित भएका हुन् ।
स्थानीयहरूले ठेक्का सम्झौता बदर गर्नुपर्ने, ठेकेदारले बुझाउनुपर्ने बक्यौता रकम तिर्नुपर्ने र ताललाई सिमसार क्षेत्र बनाइनुपर्ने माग गर्दै आएका हुन् ।
आक्रोशित स्थानीयहरू विरोधसहित ताल परिसरमा रहेको माछा व्यवसायी (ठेकेदार) कृष्ण गिरीको टहरा भत्काएपछि कैलालीको मालाखेती प्रहरीले ८ जना स्थानीयहरूलाई नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले ८ जनालाई बुधबार नियन्त्रणमा लिएको बताए । त्यसपछि आक्रोशित स्थानीयहरू गाउँपालिकाको ९ नंं वडा कार्यालयमा तालाबन्दी गरी गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका हुन् ।
वडासचिव ठागुराम चौधरीले स्थानीयले कर्मचारीहरूलाई बाहिर निकालेर वडा कार्यालयमा तालाबन्दी गरेको जानकारी दिए ।
गाउँपालिका घेराउ गर्न गएका स्थानीय र
प्रहरीबिच झडप समेत भएको छ । इलाका प्रहरी कार्यालय हुसुलियाका प्रमुख सई लोकेन्द्र चन्दका अनुसार स्थानीयहरू पालिकाभित्र पस्न खोज्दास्थिति तनावमय भएपछि नियन्त्रणमा आएको छ ।
स्थानीय र पालिकाबिच वार्ताको प्रयास समेत भइरहेको बताइएको छ । वार्तामा सहभागी कैलाली गापा ६ का वडाध्यक्ष प्रेमबहादुर चौधरीले वार्तामा सहमतिको प्रयास जारी रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमोफिलिया रोगको महँगो औषधी अब निःशुल्क
-
‘एक्टर : टेक वन’ को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले फिल्म खेल्न पाउने
-
सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता
-
टिकटकमाथिको प्रतिबन्धबारे के भन्छन् ट्रम्प ?
-
त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपलका लागि दुई जनाको मात्र आवेदन
-
बागमतीमाथि एपीएफको रवाफिलो जित