सौर्य एयरलाइन्स दुर्घटना
अस्पतालले भन्यो– क्याप्टेन शाक्यका तीन वटा करङ भाँच्चिएको छ
बिहीबार, १० साउन २०८१, २३ : ४९
१

काठमाडौँ । बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।
क्याप्टेन शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले बिहीबार विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी हुन् ।
अस्पतालले शाक्यको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट देखिएको बताएको छ । साथै ढाडको एउटा हड्डीसँगै देब्रे पट्टिको ३ वटा करङ्गहरु भाँचिएको अस्पतालले जनाएको छ ।
अनुहार तथा नाक र आँखाका चोटहरुको उपचार भइसकेको अस्पतालको जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म