बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

‘बाँझोपन उपचारको बारेमा भ्रमलाई सम्बोधन गर्न आवश्यक’

बिहीबार, १० साउन २०८१, १६ : ०२
बिहीबार, १० साउन २०८१

काठमाडौँ । बाँझोपन उपचारको बारेमा व्याप्त भ्रम र गलत धारणाहरूलाई सम्बोधन गर्न आवश्यक रहेको बताउँदै इन्दिरा आईभीएफले दम्पतीहरूलाई आशालाई जीवित राख्दै आफ्नो अभिभावकत्वको सपना साकार गर्न आव्हान गरेको छ। 

विश्व आईभीएफ दिवसको अवसरमा आईभीएफले बाँझोपनको बारेमा जागरूकता बढाउँदै भ्रम र अन्धविश्वासलाई तोडेको जनाएको छ। दम्पतीहरूलाई उनीहरूले भोगेका पीडा र संघर्षहरू खुला रूपमा छलफल गर्न र उनीहरूको अभिभावकत्वको सपना हासिल गर्न आवश्यक उपचार खोज्न प्रोत्साहित गरेको आईभीएफको भनाई छ। “ढिलो बच्चा जन्माउने, मदिरा र सुर्तीजन्य पदार्थको सेवनजस्ता अस्वस्थ जीवनशैली र बदलिँदो वातावरणीय अवस्थाले बाँझोपनमा योगदान पुर्‍याउँछ। हामीसँग शुक्रकीटको सङ्ख्या कम भएको एउटा केस थियो र त्यसमा DFI परीक्षण र TESA प्रक्रियाको संयोजन गरेर हामी सफल गर्भावस्था प्राप्त गर्न सक्षम भयौँ”, इन्दिरा आईभीएफकि केन्द्र प्रमुख तथा बाँझोपन विशेषज्ञ डा. नेहा होमागाईले भनिन्।

इन्दिरा आईभीएफमा कार्यरत प्रजनन विशेषज्ञ डा. मनिषा आचार्य थप प्रकाश पार्छिन्, “विशेष गरी कम शुक्रकीट सङ्ख्याका कारण हुने पुरुष बाँझोपनको समस्या नेपालमा धेरै छ। उनले यो पनि थपिन् कि इन्दिरा आईभीएफ नेपालमा उपचारका लागि आउने धेरै बिरामीहरूले यस अघि अन्यत्र असफल आईभीएफ प्रयासहरू गरिसकेका हुन्छन्। उन्नत प्रविधि र व्यक्तिगत हेरचाहको साथ इन्दिरा आईभीएफ नेपाल आफ्नो परिवार सुरु गर्न प्रयासरत जोडीहरूलाई आशा र समाधान प्रदान गर्दछ।”

समाजमा बाँझोपनलाई प्रायः महिलाको समस्या भनिन्छ। तर ४०% पुरुष र ४०% महिला र २०% दुवै जना बाँझोपनका लागि जिम्मेवार हुन्छन्। महिलाहरूमा पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस), अधिक तौल, खराब खानपान र आसीन जीवनशैली सामान्यतया पाइएका बाँझोपन कारणहरू हुन्। प्रभावकारी उपचार र सफल नतिजाहरूको लागि पुरुष र महिला दुवैका समस्याहरू बुझ्न र त्यसलाई सम्बोधन गर्नु महत्त्वपूर्ण हुन्छ।

नेपालमा परम्परागत सामाजिक दृष्टिकोणले बाँझोपनको बोझ महिलालाई मात्रै बोकाउँछ। यद्यपि, इन्दिरा आईभीएफले पुरुष बाँझोपनका कारकहरूलाई हाइलाइट गरेर र प्रजनन चुनौतीहरूको बारेमा खुला सञ्चारलाई बढवा दिएर यो धारणा परिवर्तन गरिरहेको केन्द्रको भनाई छ। 

केन्द्रले आमजनतालाई शिक्षित पार्न र आईभीएफ सम्बन्धी व्याप्त मिथकहरू हटाउन नेपालभर ११ वटा सचेतना शिविरहरू सञ्चालन गरिसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप