बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

मौरिटनियामा जहाज दुर्घटना हुँदा २५ आप्रवासीको मृत्यु, १९० बेपत्ता

बिहीबार, १० साउन २०८१, १५ : १४
बिहीबार, १० साउन २०८१

नौआकचोट । मौरिटनियामा एउटा जहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको मृत्यु भएको छ । राजधानी नौआकचोट नजिकै भएको यस घटनामा १९० जना बेपत्ता रहेको र उद्धार कार्य जारी रहेको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले बताएको छ ।

आफूहरूले १०३ जना आप्रवासीको उद्धार गरेको र २५ जनाको शव फेला पारेको मौरिटनियाली तट रक्षकका एक कमाण्डरले भनेका छन् । जुलाई २२ मा पल्टिनुअघि झन्डै ३०० जना काठको डुङ्गा चढेर गाम्बियाबाट हिँडेका थिए । उनीहरूले समुद्रमा सात दिन यात्रा गरेको आइओएमले जनाएको छ । तट रक्षकहरू आइपुग्नु अघि नै १५ जनाको मृत्यु भइसकेको थियो । गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएका अरू १० जनाको मृत्यु भएको थियो ।

यसअघि जुलाई ५ मा पनि यस्तै  घटना भएको थियो । सो घटनामा मौरिटनियाली तटरक्षकहरूले पल्टिएको डुङ्गाबाट ८९ आप्रवासीको शव निकालेका थिए । आप्रवासीहरूले मोरक्कोको तटमा अवस्थित क्यानरी टापु पुग्ने प्रयास गर्ने गरेको आईओएमले बताएको छ । पश्चिम अफ्रिकादेखि स्पेनसम्मको यो रुट विश्वको सबैभन्दा खतरनाक रुटमध्येमा पर्दछ ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप