शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा अब विशेषज्ञ सेवा
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १४ को शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ । सेवाको एक कार्यक्रमका बिच महानगर प्रमुख रेनु दाहालले दुई जना सेवाग्राहीलाई टिकट प्रदान गरी उद्घाटन गरिन् ।
सेवाको औपचारिक उद्घाटन स्थानीय ७२ वर्षीय नन्दकला कुँवर र ७० वर्षीय मुक्तिबहादुर घिमिरेलाई विशेषज्ञ सेवाको टिकट प्रदान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै विशेषज्ञ सेवा नियमित सञ्चालन गरिने बताइन् ।
जनताको स्वास्थ्य भन्दा ठुलो कुरा केही नहुने भन्दै उनले महानगरपालिकाले नगरबासीको स्वास्थ्यका लागि धेरै कार्यक्रकमहरु गर्दै आएको बताइन् । यस केन्द्रलाई नगर स्तरीय अस्पतालको रूपमा घोषणा गरेर सोही अनुसार काम अघि बढ्ने उल्लेख गरिन्।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले विशेषज्ञ सेवा गाउँमै पाएसँगै यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताए । महानगरको गाउँगाउँमा पुगेर सेवा दिने योजनाअनुसार विशेषज्ञ सेवा सुरु भएको उनको भनाई थियो ।
केन्द्रबाट हरेक हप्ताको सोमबार, बुधबार र बिहिबार विशेषज्ञ सेवा प्रदान गरिने छ । पुरानो मेडिकल कलेज र भरतपुर आँखा अस्पतालको समन्वयमा केन्द्रबाट हप्ताको ३ तीन दिन विशेषज्ञ सेवा दिन लागिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार सोमबार जनरल फिजिसियन, बुधबार प्रसुति तथा स्त्री रोग तथा रेडीयोलोजी सेवा र बिहिबार बाल रोग तथा नेत्र रोगको सेवा दिइने छ । २०२७ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा हाल मेडिकल अधिकृत ३ जना, पारामेडीक्स ९ जना, नर्सिङ् ८ जना, प्रयोगशालाकर्मी ४ जना, फार्मेसिस्ट २ जना, रेडियोग्राफर १ जना, सहित ३२ जना कर्मचारी कार्यरत रहेका छन् । यस केन्द्रले गत आर्थिक वर्षमा ४९ हजार ३७५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्रले दैनिक १६५ जना बिरामी सेवा दिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना