राज्यहरूलाई खनिज र खानीमा कर लगाउने अधिकार छ : भारतीय सर्वोच्च अदालत

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले आफ्नो एउटा निर्णयमा खनिज र खानीमा कर लगाउने अधिकार राज्यलाई रहेको बताएको छ । ओडिशा र झारखण्ड जस्ता राज्यहरूले संविधान अनुसार यो अधिकार राज्यहरूको मात्र हुन्छ भनेका थिए ।
तर, केन्द्र सरकार र विभिन्न खानी कम्पनीहरूले यसको विरोध गर्दै आएका थिए । उत्खननका लागि केन्द्र सरकारले तोकेको रोयल्टी मात्रै मान्य हुने र राज्यलाई कर लगाउने अधिकार नभएको उनीहरूको तर्क थियो ।
सन् १९८९ मा सात जना न्यायाधीशको इजलासले खानीमा लगाइने रोयल्टी एक प्रकारको कर हो भन्ने फैसला गरेको थियो । त्यसैले राज्यलाई कर लगाउने अधिकार छैन । उक्त निर्णयलाई बिहीबार सर्वोच्च अदालतको ९ सदस्यीय इजलासले ८–१ ले खारेज गरेको हो ।
खनिज अधिकारमा कर लगाउने अधिकार राज्यमा रहेको सर्वोच्च अदालतले आफ्नो फैसलामा बताएको छ । ‘राज्यको विधानसभासँग खनिज भएको जमिनमा कर लगाउने विधायक अधिकार छ,’ अदालतले भनेको छ । रोयल्टी करको रूप नभएको पनि स्वीकार गरिएको छ । संसद्लाई खनिज अधिकारअन्तर्गत कर लगाउने अधिकार नभएको पनि इजलासले बताएको छ । तर यसले राज्यको कर लगाउने सीमा तोक्न भने सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शर्मिला बर्देवाको लोक कोसेली 'कश्मीरे गम्छा' सार्वजनिक
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ धेरै वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?
-
तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?