भारत र चीनका लागि राजदूत नियुक्ति गर्ने मन्त्रिपरिषद्को तयारी

काठमाडौँ । सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्ने तयारी गरेको हो । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिचको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले दुई देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको हो ।
नेकपा एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता राजेन्द्र गौतमले आजको मन्त्रिपरिषद् बैठकले चीन र भारत दुई देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना रहेको बताए ।
‘दुई छिमेकी मुलुक चीन र भारतका राजदूत नियुक्तिको सिफारिस मन्त्रिपरिषद्को आजको बैठकले गर्न सक्छ’, गौतमले रातोपाटीसँग भने । भारतमा हाल शंकर शर्मा र चीनमा विष्णुपुकार श्रेष्ठ राजदूत रहेका छन् ।
पछिल्लो सहमतिअनुसार सत्तारुढ दल कांग्रेसको भागमा भारतको राजदूत परेकाले शर्मालाई नै निरन्तरता दिनसक्ने बुझिएको छ । चीनमा भने माओवादी कोटाबाट राजदूत बनेका श्रेष्ठलाई फिर्ता बोलाएर एमालेबाट सिफारिस गर्ने तयारी रहेको बुझिएको छ । चीनमा एमालेले कसलाई राजदूत सिफारिस गर्दैछ भन्ने खुलेको छैन ।
यसअघि प्रचण्ड नेतृत्वको सरकारले भारत अमेरिका लगायतका ११ वटा देशका राजदूत फिर्ता बोलाएर ८ वटा देशका लागि राजदूत सिफारिस गरेको थियो । तर सरकार फेरिएसँगै अघिल्लो सरकारले सिफारिस गरेका राजदूत नियुक्ति प्रक्रिया अघि बढ्न नै सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनि एक करोड ८४ लाख
-
जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै
-
पालिकामा भएको बहुमुखी सहकारी संस्थामा पनि ८५ लाख बढी हिनामिना
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा