‘पूर्ण बहादुरको सारङ्गी’बाट अलिशाको फिल्ममा डेब्यु
काठमाडौँ । मोडल अलिशा बास्तोला फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । दर्जनौँ म्युजिक भिडियो अभिनय गरेकी उनले ‘पूर्ण बहादुरको सारङ्गी’बाट फिल्ममा डेब्यु गर्न लागेकी हुन् ।
फिल्मको बिहीबारदेखि भक्तपुरको दुवाकोटबाट दोस्रो चरणको छायांकन सुरु गरेको हो । पहिलो चरणको छायांकन गत जेठमा ओखलढुङ्गाको रुम्जाटारमा गरेको निर्माण युनिटले दोस्रो चरणको छायाँकनमा अलिशालाई प्रवेश गराएको हो ।
विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाललगायतका कलाकारको अभिनय फिल्ममा रहनेछ । फिल्ममा बालकालकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहनेछ ।
सोसल–ड्रामा जनरामा बन्न लागेको फिल्मले गन्धर्व परिवारको कथा विषयवस्तु बनाएको छ । फिल्मका निर्देशक सरोज पौडेल हुन् । विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् ।
फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । फिल्मलाई वि.सं.२०८२ सालभित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा अब ओमानी रियाल पनि खरिदबिक्री हुने, विदेश पुगेका नेपालीलाई राहत
-
के हो अक्युपञ्चर उपचार विधि ?, के छ महत्व ?
-
विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै