वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन विभागको चेतावनी

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन इजाजत पत्र प्राप्त संस्थाहरू (म्यानपावर) लाई चेतावनी दिएको छ । म्यानपावर व्यवसायीहरूले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्ने जस्ता कार्य गरेको भन्दै विभागले दुःख नदिन चेतावनी दिएको हो ।
त्यस्ता खालका गुनासाहरू विभागमा समेत आउने गरेको भन्दै वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । विभागका प्रवक्ता तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले एक विज्ञप्ति जारी गर्दै कारबाहीको चेतावनी दिएका हुन् ।
म्यानपावर व्यवसायीहरूले वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १४ बमोजिम वैदेशिक रोजगारीका लागि विज्ञापनमा उल्लेख गरिए अनुसारको मिति र समयमा अन्तर्वार्ता नगराउने र सार्ने तथा अन्तर्वार्ताको मितिमा आवेदक जाँदा कार्यालय बन्द हुने गरेको गुनासा विभागमा आउने गरेका छन् । त्यस्तो कार्य नगरेर विज्ञापन बमोजिम अन्तर्वार्ता गराउन समेत विभागले सचेत गराएको हो ।
त्यस्तै अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरूले समेत तोकिएको मापदण्ड बमोजिम तालिम प्रदान नगरेको गुनासो विभागमा पुग्ने गरेको छ । त्यस्तै विभागबाट अनुगमन गर्दा समेत त्यस प्रकारको अवस्था भेटिएकाले ‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६’ बमोजिम अनिवार्य तोकिएको मापदण्ड बमोजिम तालिम प्रदान गरेर मात्र प्रमाणपत्र उपलब्ध गराउन विभागले सचेत गराएको छ । त्यस्तो नगरेको खण्डमा नियमानुसार कारबाही गर्ने चेतावनी विभागले दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुदानको आसमा खुलेका होमस्टे अब चल्दैनन्
-
मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै
-
पहुँचका भरमा अनुदान पाएका होमस्टे बन्द भए
-
घरेलु मैदानमा हङ्कङलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने धुनमा नेपाल
-
अमेरिकासँगको व्यापार युद्ध चर्किँदै गर्दा ५.४ प्रतिशतले बढ्यो चीनको अर्थतन्त्र
-
अमेरिकी–इजरायली बन्दीसँग सम्पर्क टुट्यो: हमास