बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

मुलकोट र हलेसीमा पौवा रिसोर्ट सञ्चालनमा

बिहीबार, १० साउन २०८१, १४ : ४७
बिहीबार, १० साउन २०८१

काठमाडौँ । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालिले खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोसी किनारमा अवस्थित मुलकोटमा पौवा होटल सुरु गरेको छ । देशभर पौवालाई बिस्तार गर्ने योजना अनुरुप पौवा ग्रुपले १४ औं शाखा सिन्धुलीको मुलकोटस्थित सुनकोसी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवाबिच रिसोर्ट सञ्चालन गरेको हो ।

यस्तै खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोड भन्दा बढीको लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको हो । नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पुर्याउन ‘मिसन १००’ को योजनासहित अगाडि बढेको होटल पौवा नेपालको पश्चिम क्षेत्रबाट पूर्वतर्फ अगाडि बढेको बताइएको छ ।

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले भने, ‘८ वर्षदेखि पर्यटक उद्योगलाई विस्तार गर्नका लागि होटलमा लगानी गरेको छौ । काठमाडौँको देखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्तम गन्तव्य भएको हो । काठमाडौँको भिडभाडबाट सुनकोसी नदी किनारामा शान्त वातावरण रहेकोले आन्तरिक र बाह्य पर्यटकको लागि लक्षित गरेर पौवा रिसोर्ट खोलेका हौँ ।’

pauwa2

खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दुहरूको संगमस्थल भएकोले हुनाले आन्तरिक र बाह्य धर्मालम्बीहरुलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा ४५ रोपनी क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरेको बताइएको छ । रिसोर्टबाट ३६० डिग्रीमा हसेलीको भ्यु हेर्न पाइने अध्यक्ष भण्डारीले बताए । यस्तै पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले देशको विकासको सङ्केत भनेको संस्कार र संस्कृति भएको बताए ।

 नेपाली आतिथ्यताको संस्कृति विश्वमै अनुपम भएकाले यसलाई संसारभरका पर्यटकलाई देखाउनका लागि होटल पौवाले काम गरेको उनको भनाई छ । ज्ञवालीले नेपालले एक वर्षमा १६ लाख विदेशी पर्यटक नेपाल भित्राउने लक्ष्य लिएको स्मरण गर्दै आएका पर्यटकलाई नयाँ गन्तव्यमा भ्रमण गराउने सक्ने हो भने मात्र पर्यटकको बसाई लम्बिन सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप