लगातार फ्ल्प भइरहेका फिल्मबारे अक्षयकुमारले के भने ?
नयाँ दिल्ली । बलिउड अभिनेता अक्षय कुमारको हालै रिलिज भएको फिल्म सराफिरा पनि नराम्ररी फ्लप भयो । यसअघि रिलिज भएका अभिनेताको करियरका पछिल्ला १० फिल्मलाई हेर्ने हो भने सूर्यवंशी र ओएमजी २ बाहेक बाँकी ८ फिल्म फ्लप थिए ।
लगातार फ्लप भइरहेका यी फिल्मबारे अक्षयले मौनता तोडेका छन् । यो निकै दुःखद भएको र यसको प्रभाव पनि रहेको अभिनेताले बताएका छन् ।
‘दुःखी भएर फिल्मको भाग्य बदलिँदैन’
‘हरेक फिल्ममा धेरै रगत, पसिना र जोश खर्च भएको हुन्छ । आफ्नो कुनै फिल्म फ्लप भएको देख्दा धेरै दुःख लाग्छ तर हरेक पटकको असफलताले हामीलाई सफलताको मूल्य सिकाएर जान्छ ।’ फोब्र्स इन्डियालाई दिएको एउटा अन्तरवार्तामा अक्षयले लगातार फ्लप भइरहेका आफ्ना फिल्मबारे प्रतिक्रिया दिएका छन् ।
‘सौभाग्यको कुरा मैले यो कुरा आफ्नो करियरको सुरुमा सिकेको थिएँ । यस्तोमा पक्कै पनि जो कोही दुःखी हुनेछन्... यस्ता असफलताले तपाईलाई पनि असर गर्नेछ तर यसले त्यो फिल्मको भाग्य फेरिन्न’ अझ अगाडि उनले भनेका छन् ।
केही कुरा आफ्नो नियन्त्रणमा नहुने अनि मेहनत मात्रै आफ्नो हातमा हुने पनि उनले बताए । यस्तो अवस्थामा अक्षयले आफैँलाई अझै धेरै सुधारेर आगामी फिल्ममा पूरै समर्पित गर्ने गरेको अनि आफूले सकेको राम्रो दिने पनि उनले बताए ।
‘म आफ्नो ऊर्जा यसरी नै खर्चन्छु र अर्को फिल्ममा अगाडि बढ्छु’ उनले भनेका छन् । एकपछि अर्को फिल्महरू भएर पनि अक्षयको हातमा अहिले कम्तीमा पनि १० वटा फिल्म छन् । यसमा सिंघम अगेन र वेलकम टु द जङ्गल जस्ता मल्टिस्टारर फिल्म पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल
-
मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग पर्छ : मुख्यमन्त्री आचार्य
-
३०औँ संस्करणको क्यान इन्फोटेक २०२५ सुरु, ६० प्रतिशतसम्म छुट
-
श्री ख्वपः मूल कुमारी माजुलाई गरगहना र वस्त्र चढाइयो, तस्बिहरु
-
देशभक्त, सुयोग्य र जुझारु असल नागरिक बनाउनु आजको आवश्यकता : मुख्यमन्त्री कार्की