'भुल भुलैया-३' सकेर कार्तिक आर्यनले 'पति पत्नी और वो-२' को छायाङ्कन थाल्ने

नयाँ दिल्ली । कार्तिक आर्यन बलिउडमा निर्माता निर्देशकले सबैभन्दा धेरै खोज्ने कलाकारमा पर्दछन् । अलग–अलग विधाका फिल्ममा उनले आफूलाई प्रमाणित गरिसकेका छन् । चन्दु च्याम्पियनले उनको अभिनय करियरलाई नयाँ उचाइमा पुर्याएको छ ।
गम्भीर, इन्टेन्स अनि र एक्सन इमेजबाहेक पनि कार्तिकको हँसाउने शैली फ्यानहरूबिच बढी लोकप्रिय छ । कार्तिक एक पटक फेरि आफ्नो कमिक छविमा फर्किने भएका छन् ।
उनी छिटै सन् २०१९ को ब्लकबष्टर फिल्म 'पति पत्नी और वो'को सिक्वेलमा देखिनेछन् । फिल्म निकट एक स्रोतले बताएअनुसार सिक्वेलको स्क्रिप्ट फाइनल भइसकेको छ । यो फिल्मका लागि कार्तिक पनि निकै उत्साहित भएको बताइएको छ । अभिनेतालाई 'पति पत्नी और वो २' को स्क्रिप्ट निकै मन परेको र यसमा काम गर्ने वचन दिइसकेकोले मकरहरूले छिट्टै यो फिल्ममा काम सुरु गर्ने निर्णय गरेको भन्दै भारतीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
यतिबेला कार्तिक कयौँ फिल्ममा व्यस्त छन् । भुल भुलैया ३ को छायाङ्कन सकिएलगत्तै पति पत्नी और वो २ को छायाङ्कन सुरु हुने खबरहरू आइरहेका छन् । भूषण कुमार र जुनो चोपडाले निर्माण गरेको पति पत्नी और वोको सिक्वेल मुदस्सर अजिजले निर्देशन गर्नेछन् । निर्माताले सिक्वेलमा ‘वो’ पात्र भने फाइनल हुन बाँकी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फागुपूर्णिमाको दिन आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
सगरमाथा आरोहणको तयारी सुरु, बाटो बनाउन खटाइए ‘आइसफल डाक्टर’
-
एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा
-
राजावादी सक्रीय भएपछि माधव नेपालको पार्टीले गर्यो सङ्घर्ष गर्ने निर्णय
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण