संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय समितिको बैठकमा बिरलै बस्ने गरेका छन् । बिहीबार बसेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा शेरबहादुर देउवा पुगेका थिए।
बैठकमा झन्डै दुई मिनेट बसेपछि उनी बैठक कक्षबाट बाहिरिए । बैठकमा छात्रवृत्ति ऐन २०२१, विश्वविद्यालय अनुदान आयोगबारे र विद्यार्थीलाई विदेश जान दिइने नो अब्जेक्सन लेटर कुन तहका लागि दिने ? भन्ने विषयमा छलफल भइरहेको छ ।
बैठकमा सहभागी भएका देउबा छलफलमा भाग नलिई हाजिर गरेर बैठकबाट बाहिरिएका हुन् । संसदीय समितिका बैठकहरूमा देउवा नियमित रूपमा आउने गरेका छैनन् ।
आएका बेलामा पनि उनी छलफलमा सहभागी हुने गरेका छैनन् । यता अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने बैठकमा पुरै समय बस्ने र समितिका छलफलमा सक्रिय सहभागिता जनाउने गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टट्युब बेबी
-
सामाजिक सुरक्षा कोष र सुनसरीको दुहबी नगरपालिकाबिच सम्झौता
-
विद्यालय शिक्षा विधेयक : शिक्षा उपसमितिमा परिच्छेद १४ सम्म सहमति जुट्यो
-
वीरगञ्जमा साँझदेखि कर्फ्यु लगाउने तयारी
-
बालाजुको औद्योगिक क्षेत्रमा आगलागी
-
प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्