करेन्ट लागेर तीन जनाको मृत्यु
काठमाडौँ । उदयपुर र झापामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका-६ ओदाले बस्ने २६ वर्षीय राजीव कुमार मगरको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित घिजहरी खोलाबाट आफ्नै खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको हो ।
यता झापाको मेचीनगर नगरपालिका-१२ धिमाल टोल माझगाउँ बस्ने पाँचथर फिदिम नगरपालिका-२ घर भएका ३० वर्षीय सन्दीप तुम्बाम्फोको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी झापाको कचनकवल गाउँपालिका-४ केचना बस्ने ललन साहको छोरा १५ वर्षीय विशाल साहको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बनियानिमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहम्मद सालाहले लिभरपुललाई दिलाए शानदार जित
-
फिलाडेल्फिया विमान दुर्घटना : कारमा सवार परिवार समेत सखाप
-
१२ बजे, १२ समाचार : आमाबुबा र मावलीबाटै १४ वर्षीया किशोरीको हत्यादेखि सयौँ वर्ष पुराना चौतारा मासेर कोटिहोमलाई दाउरासम्म
-
शान्ति समाजको सभापतिमा पौडेल निर्वाचित
-
डोटीमा आठ करोडको सुन्तला उत्पादन
-
अन्तरराष्ट्रिय युवा सम्मेलनका अवसरमा महाकालीमा जलयात्रा