सौर्य एयरलाइन्स दुर्घटना : सात जनाको पोस्टमार्टम हुँदै

काठमाडौँ । आज सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका सात जनाको पोस्टमार्टम हुँदैछ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेर मृत्यु भएका १८ जनामध्ये सात जनाको डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम हुने भएको हो ।
त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो ४ जनाको पोस्टमार्टम सक्ने बताएका थिए । अस्पताल स्रोतका अनुसार पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा २५ जना चिकित्सकहरू खटिएका छन् ।
डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गर्दा सुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रूपमा बनेका संकेतहरू (खत, ट्याटु आदि), पहिरन, गहना लगायत हेरिने विभाग प्रमुख चौधरीको भनाई छ ।
उनले त्यस्ता साइनबाट कुनै पहिचान हुन नसकेको खण्डमा मात्रै डीएनएको प्रक्रियामा जाने उल्लेख गरे । उनले कुनै शव पहिचान गर्न नसकेर डीएनएको प्रक्रियामा जान परेको खण्डमा कम्तीमा दुई हप्ता लाग्ने समेत बताए ।
विमानमा दुर्घटनामा १८ जनाको निधन भएको छ भने एक जना घाइते भएका छन् । घाइते भएका पाइलट मनीषरत्न शाक्यको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियाल हार्दा बार्सिलोना बराबरीमा रोकियो
-
आज अमेरिकी डलर, युरो, पाउण्ड, क्यानेडियन र अष्ट्रेलियन डलरको मूल्य कति ?
-
खोटाङको हलेसीमा रामनवमी मेला
-
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
-
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना