अमेरिकी डेमोक्र्याटिक सिनेटर बब मेनेन्डेजले राजीनामा दिने

वासिङ्टन डीसी । अमेरिकी डेमोक्र्याटिक सिनेटर बब मेनेन्डेजले अगस्टमा राजीनामा दिने भएका छन् । आफ्नो संघीय भ्रष्टाचार मुद्दामा दोषी ठहरिएसँगै उनले राजीनामा दिन लागेका हुन् ।
मेनेन्डेजले आधिकारिक रूपमा न्यु जर्सीका गभर्नर फिलिप डी. मर्फीलाई लेखेको पत्रमा राजीनामा गर्ने आफ्नो इरादा घोषणा गरेका छन् । जसले जनवरीसम्म सेवा गर्ने प्रतिस्थापनलाई तुरुन्तै नियुक्त गर्ने अपेक्षा गरिएको छ । न्यु जर्सीका सिनेटर र शक्तिशाली सिनेट विदेश सम्बन्ध समितिका पूर्व प्रमुख मेनेन्डेजले गत हप्ता न्यूयोर्कको म्यानहट्टनमा संघीय जूरीले दिएको दोषी फैसलाविरुद्ध अपिल गर्ने प्रतिवद्धता गरेका छन् ।
न्यूयोर्कका संघीय अभियोजकहरूले यसअघि डेमोक्र्याटिक सिनेटरले विदेशी सरकारहरूलाई सहयोग गर्ने बदलामा घुस लिएको आरोप लगाएका थिए । मेनेन्डेजलाई घुसखोरी, धोका, विदेशी एजेन्टको रूपमा काम गरेको भन्दै दोषी ठहर गरेको हो ।
अभियोजकहरूले घुसको बदलामा मेनेन्डेजले इजिप्टको लागि अमेरिकी सहायतामा लाखौँ डलर सुरक्षित गर्न सहयोग गरेको आरोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा कार र टिपर ठोक्किँदा दुई जनाको मृत्यु
-
विवाह भइरहँदा बेहुलाले बेहुलीलाई गाली गरेपछि...
-
१७ वर्षअघि आजैको दिन खेलिएको थियो आईपीएलको पहिलो खेल, लेग बाईमार्फत बनेको थियो पहिलो रन
-
नेपाल प्रहरीले माग्यो भान्छे र कुचीकार (सूचनासहित)
-
‘के घर के डेरा : घर नं २’ सिक्वेल होइन - निर्देशक दीपेन्द्र
-
भुकुटीमण्डपमा नेपाल दन्त सामग्री र नेपाल अप्टीकल एक्स्पो सम्मेलन सुरू (तस्बिरहरु)