के तपाईंलाई थाहा छ ?
पति चर्चित क्रिकेटर, पत्नी ओलम्पिक स्वर्ण विजेता
बिहीबार, १० साउन २०८१, १२ : ०९

काठमाडौँ । ओलम्पिक खेलकुदको पछिल्लो संस्करण शुक्रबारदेखि पेरिसमा सुरु हुँदैछ । तर, यसपटक ओलम्पिकमा प्रभावशाली अस्ट्रेलियन पौडीबाज म्याडिसन विल्सन भने सहभागी हुने छैनन् ।
उनी अस्ट्रेलियाकी चर्चित पौडी खेलाडी हुन् । उनले यसअघि ओलम्पिकमा दुईवटा स्वर्ण पदक जितिसकेकी छन् । गर्भवती भएकाले उनले पेरिस ओलम्पिकमा सहभागिता नजनाएकी हुन् ।
विल्सन ब्याकस्ट्रोक र फ्रिस्टायल स्पर्धामा प्रभावशाली खेलाडी हुन् । उनले सन् २०१६ मा सम्पन्न रियो ओलम्पिकमा पनि स्वर्ण र रजत पदक जितेकी थिइन् ।
खासमा, विल्सन चर्चित अस्ट्रेलियन क्रिकेट खेलाडी म्याथ्यू सर्टकी पत्नी हुन् ।
म्याथ्यू सर्ट अस्ट्रेलियाका प्रभावशाली क्रिकेटर हुन् । उनले पञ्जाब किङ्सबाट इन्डियन प्रिमियर लिग पनि खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?