आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
सौर्य एयरलाइन्स दुर्घटना

कस्तो छ घाइते पाइलट शाक्यको पछिल्लो स्वास्थ्य अवस्था ?

बिहीबार, १० साउन २०८१, १५ : २६
बिहीबार, १० साउन २०८१

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था ‘खतरामुक्त’ भई बोल्न र झोलिलो पदार्थ खान सक्ने भएका छन् ।  बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको उपचार सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भइरहेको हो ।

अस्पतालका एक अधिकारीका अनुसार शरीरमा जलन नभए पनि भित्री चोटहरू देखिएका छन् । ‘उहाँको ढाडको हड्डी दुई वटा ठाउँमा भाँचिएको छ, जसलाई ढाडको लम्बर भन्छौँ । त्यसको अप्रेसनपछि गर्नुपर्ने भनिएको छ ।’ उनी थप भन्छन्, ‘सीटीस्कानबाट हड्डी भाँचिएको देखिएको थियो, त्यसबारे के गर्ने हो भन्ने विषयमा सम्बन्धित डाक्टरसँग समन्वय गर्छौँ ।’

शाक्यको शरीरमा थप जटिलता पहिचान गर्नका लागि आज एमआरआई गर्ने ती अधिकारीले बताए । शाक्यलाई अस्पतालको न्युरो सर्जरी आइसियुमा राखिएको छ । 

उनसँग हाल कसैलाई भेट्न दिइएको छैन । शाक्यको परिवारबाट श्रीमती, आमा र बुवा हिजो नै अस्पताल आइपुगेको ती अधिकारीले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप