उम्मेदवारी छाडेकोबारे देशव्यापी सम्बोधनमा बाइडेनले के भने ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतिको निर्वाचनको दौडबाट आफ्नो नाम फिर्ता लिएपछि पहिलो पटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन् । ‘म यस पदको सम्मान गर्छु, तर म आफ्नो देशलाई बढी माया गर्छु । राष्ट्रपतिको रूपमा यो देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो ।’ राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले भनेका छन् ।
अमेरिका नाजुक मोडमा रहेको र अब आफूहरूले गर्ने निर्णयले देशको भविष्य निर्धारण गर्ने पनि उनले बताए । अमेरिकीहरूले अगाडि बढ्ने कि पछाडि हट्ने, आशा र घृणा, एकता र विभाजनबिच चयन गर्नु पर्ने पनि उनले बताए । ‘मलाई लाग्छ कि राष्ट्रपतिको रूपमा मेरो रेकर्ड, विश्वमा मेरो नेतृत्व, अमेरिकाको भविष्यको लागि मेरो दृष्टिकोण सबै दोस्रो कार्यकालको लागि योग्य छ ।’ उनले भने ।
अमेरिकी लोकतन्त्रलाई बचाउने बाटोमा केही कुरा आउन नसक्ने र यसमा व्यक्तिगत महत्त्वाकाङ्क्षा पनि समावेश हुने पनि उनले बताए । नयाँ पुस्तालाई कमान्ड सुम्पनु नै अगाडि बढ्ने उत्तम उपाय भएकोमा उनले जोड दिएका छन् । अमेरिकालाई एकताबद्ध गर्ने यो उत्तम तरिका भएको पनि उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हार्डवेयर पसलका सञ्चालकविरुद्ध राजस्व छलीको मुद्दा
-
घट्यो पेट्रोल र डिजेलको मूल्य
-
पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरमा कति ?
-
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
-
जलविद्युतको बीमालाई डिट्यारिफ गर्ने सहमति कार्यान्वयन गर्न बीमा प्राधिकरणसँग इप्पानको माग
-
प्रधान सेनापतिद्वारा दुई पृतनाको निरीक्षण भ्रमण