क्यालिफोर्नियाको एलमिडा काउन्टीमा नेपाली मूलका कार्की आवास विकास सल्लाहकार बोर्डमा नियुक्त
अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको एलमिडा काउन्टीमा नेपाली मूलका एक दशक भन्दा अगाडी अमेरिका आएका युवा समाजसेवी तथा सफल व्यवसायी प्रितेश कार्की आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त भएका छन् ।
उनलाई एलमेडा काउन्टी पर्यवेक्षकहरूको बोर्डले जुलाई २३ ,२०२४ देखि जुलाई २३ ,२०२८ सम्मको लागि नियुक्त गरेको हो । उनलाई ४ वर्षको अवधिको लागि आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त गरिएको छ ।
विभिन्न सङ्घ, संस्थामा संलग्न कार्की अमेरिकाको पश्चिमी क्षेत्रका युवा समाज सेवी तथा सफल व्यवसायी हुन् । उच्च शिक्षाको लागि सन् २०११ मा अमेरिका आएका कार्कीको मूल घर विराटनगर हो । उनी पेसाले आर्किटेक्ट अर्थात् अभियन्ता (इन्जिनियर)हुन् । उनको पृष्ठभूमि नै इन्जिनियर भएको र नेपालमा आवास तथा सामुदायिक विकासमा समेत योगदान गरेको अनुभवलाई मध्यनजर गर्दै एलमेडा काउन्टी पर्यवेक्षकहरूको बोर्डले उनलाई मनोनयन गरेको हो ।
यस नियुक्तिले नेपालीहरूले अन्तर्राष्ट्रिय जगतमा पनि नेतृत्व गर्न सक्षम हुन्छन् भन्ने कुरालाई थप पुष्टि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह