५ हजार घुस दिने सांसद महतोलाई कारबाहीको माग गर्दै उजुरी
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता लिनका लागि ५ हजार घुस दिने सांसदलाई कारबाही माग गरिएको छ । छोराको समकक्षता लिनका लागि ५ हजार घुस दिनुपरेको भन्दै प्रतिनिधिसभाको बैठकमै बोलेका सांसद वीरेन्द्र महतोमाथि कारबाहीको माग गर्दै संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
रहबर अन्सारीको नामबाट दर्ता भएको उजुरीमा आफ्नो काम गराउन घुस दिएर पदीय मर्यादा प्रतिकूल काम गरेको भन्दै कारबाही गर्न माग गरिएको हो ।
नेपाली नागरिक रहबर अन्सारीको नामबाट परेको उजुरीमा, ‘आफू स्वयंले आफ्नो पदको मर्यादा नराखी भ्रष्टाचारजन्य कसुर गर्नु भएको छ । सरकारलाई समर्थन दिनुभएको र सरकारले नै भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न र भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने सङ्कल्प गरेको परिवेशमा आफ्नो काम चाँडो गराउनका लागि घुस दिएको स्वीकार्नु भएको छ,’ भनिएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ रिसवत लिने दिनेलाई सजाय हुने भन्ने व्यवस्थाको उपदफा ३ मा उल्लेख छ । जसले गर्दा घुस रिसवत दिने कार्यलाई रोक्नुपर्नेमा उल्टै त्यसलाई प्रोत्साहन गरेको हुँदा उनलाई कानुन बमोजिम काम गर्न माग गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार क्षेत्रभित्र नपर्ने उक्त कार्य र संसद्मा अभिलिखित रहेको अभिव्यक्ति भ्रष्टाचारजन्य रहेकोले राज्यले हदैसम्मको कारबाही गर्नुपर्ने उजुरीकर्ताको दाबी छ ।
जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले गत आइतबार संसद्को बैठकमा छोराको कक्षा १० र १२ को समकक्षता लिन पाँच हजार रुपैयाँ घुस दिएको बताएका थिए । उक्त अभिव्यक्तिपछि शिक्षा मन्त्रालयले छानबिन समिति नै गठन गरिसकेको छ । गृह मन्त्रालयले समेत यो विषयमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’