सौर्य एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटियो
बुधबार, ०९ साउन २०८१, २२ : ०३
_RIH0wvHUKT.jpg)
काठमाडौँ । बुधबार त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटिएको छ । उद्धारकर्ताहरुले फेला पारेको उक्त ब्ल्याक बक्स आफूसँग सुरक्षित रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
ब्ल्याक बक्स भेटिनुका साथै जहाजका पाइलट मनिषरत्न शाक्यसमेत खतरामुक्त रहेकाले दुर्घटनाको कारण पत्ता लगाउन सहज हुने अधिकारीहरुको विश्वास छ । प्राधिकरणले ब्ल्याक बक्स सरकारद्वारा गठित जाँचबुझ आयोगका प्रतिनिधिलाई बिहीबार नै बुझाउने तयारी गरेको छ।
मन्त्रिपरिषद् बैठकले बुधबार साँझ प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लालको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । बुधबार पोखराका लागि उडेको सो जहाज दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली
-
ट्रेलरमा यस्तो देखियो हरिवंशको ‘भूठान’
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश