काठमाडौँको हाइकिङ स्पटमा मोबाइल लुट्ने समूह सक्रिय

काठमाडौँ । काठमाडौँ उपत्यकाका हाइकिङ स्पटमा आजभोलि हाइकिङ जानेहरू धेरै हुन हुन्छन् । तर, छुट्टीमा हाइकिङ जानेहरु लुटेराको निशानामा पर्न थालेका छन् ।
काठमाडौँको कीर्तिपुरस्थित चम्पादेवी र बुढानीलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएकाहरू लुटिएका छन् । असारमा भएका दुइवटा घट्नामा १७ जना लुटिएका हुन् । चम्पादेवीबाट हात्तिवन निस्कने जंगलको गोरेटो बाटोबाट लुटेराले ११ जनाको साथमा भएका मोबाइल लुटेर फरार भएका छन् ।
शिवपुरी राष्ट्रिय निकुञ्ज भित्रको जंगलबाट ६ जनाबाट लुटेराहरूले मोबाइल लुटेका छन् । चम्पादेवी र शिवपुरीमा समान तवरले ४ जनाको समूहले मोबाइल लुटेर भागेका हुन् । लुटेराहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए । उनले भने,‘लुट्ने समूहबारे अनुसन्धान हुँदै छ, हामी उनीहरूको नजिक पुगेका छौँ ।’
चम्पादेवीमा ११ जनाको समूहलाई धक्याएर ४ जनाले मोबाइल लुटेका थिए । लुटेराको अनुसन्धानमा जिल्ला प्रहरी परिसर काठमाडौँले दुईवटा टिम परिचालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्रीसँगको भेटपछि ह्वाइटहाउसमा ट्रम्पले जेलेन्स्की र युक्रेनी सेनाको गरे प्रशंसा
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर