दैलेखमा पहिरोमा परी एक जनाको मृत्यु, एक घाइते
बुधबार, ०९ साउन २०८१, १९ : ४५

सुर्खेत । दैलेखमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका–२, चौताराका अन्दाजी ५० वर्षीय शेरबहादुर बम रहेका छन् ।
बुधबार दिउँसो घर आँगनमा पहिरो रोक्नका लागि भित्ता लगाउँदै गर्दा बमको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी दीपक मगरातीले जानकारी दिए ।
यस्तै उक्त पहिरोमा परी उनका ३ वर्षीय नाति प्रवेश बम घाइते भएका छन् । उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीडेनमा गोली हानेर तीन जनाको हत्या
-
माओवादीको तराई–मधेस जागरण अभियान आज सम्पन्न हुँदै
-
कसले बनायो सामन्थाको मन्दिर ?
-
शक्ति सङ्घर्षको कथामा ‘शिवांशः च्याप्टर १’ निर्माण घोषणा
-
जनमत र नागरिक उन्मुक्तिको एकता घोषणासभामा खुलेन प्रज्ञाको ढोका, तस्बिरहरु
-
एनआरएनएको मुद्दा लगातार चौथो पेसीमा, घलेले महाधिवेशन गराउन सक्लान् ?