ढुंगाले लागेर फास्ट ट्रयाकका एक कामदारको मृत्यु, एक जना घाइते
हेटौंडा । ढुंगाले लागेर तराई/मधेस ‘फास्ट ट्रयाक’ (द्रुतमार्ग) सडक आयोजनामा काम गर्ने एक जना कामदारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । फास्ट ट्रयाक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१२ चालिसे डाँडास्थित सुरुङ मार्ग भित्र काम गर्ने क्रममा ढुंगाले लागेर एक जना कामदारको मृत्यु भएको हो ।
यस्तै घटनामापरी अर्का एक जना कामदार गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सुरुङ भित्र काम गर्ने क्रममा ढुंगाले लागेर बाराको निजगढ नगरपालिका घर भएका २७/२८ वर्षको विमल थिङको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै तनहुँ घर भएका अर्का २७/२८ वर्षीय राजु विक गम्भीर घाइते भएका छन् । उनको ढाडँ र कम्मरमा चोट लागेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए । घाइते विकको हेटौंडा–११ स्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
बुधबार दिउँसो साँढे ३ बजेको समयमा फाष्ट ट्रयाकको सुरुङ भित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगा उनीहरूलाई लागेको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ