बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मस्तिष्कलाई क्षति पुर्‍याउँछन् हाम्रा यी ५ बानीले

बुधबार, ०९ साउन २०८१, १८ : ४९
बुधबार, ०९ साउन २०८१

काठमाडौँ । मस्तिष्क हाम्रो शरीरको निकै अहम् अंग हो । यसको उचित हेरचाह गर्न निकै जरुरी छ । तर हाम्रा यस्ता केही बानीहरू छन् जसले हाम्रो मस्तिष्कको स्वास्थ्यमा नकारात्मक असर पुर्‍याइरहेको हुन सक्छ । 

मस्तिष्कको स्वास्थ्य हुनु सम्पूर्ण शरीरको लागि कत्तिको महत्त्वपूर्ण छ भन्ने त हामी सबैलाई थाहा छ । मस्तिष्क शरीर र दिमागको नियन्त्रण केन्द्र हो । यस्तो अवस्थामा यसबारे अलि बढी सचेत हुन जरुरी छ । तर, जानीजानी वा नजानेर हामी केही यस्ता काम वा गल्ती गर्छाैं जसले हाम्रो मस्तिष्कलाई हानि पुर्‍याइरहेको हुन्छ ।  

निद्राको कमी

निद्राको कमी मस्तिष्कको लागि धेरै हानिकारक हुन सक्छ । हामी पर्याप्त मात्रा निदाएनौँ भने मस्तिष्कले राम्ररी काम गर्दैन । एकाग्रता, स्मरणशक्ति र मानसिक क्षमतामा कमी ल्याउन सक्छ । लामो समयसम्म निद्राको कमीले डिप्रेसन, चिन्ता र अन्य मानसिक समस्या निम्त्याउन सक्छ ।

अस्वस्थ खानपान

खराब खानपान पनि मस्तिष्कका लागि हानिकारक हुन सक्छ । धेरै चिनी, जंक फूड र चिल्लोयुक्त खानेकुराको सेवन मस्तिष्कको लागि हानिकारक हुन सक्छ । यी खानेकुराले मस्तिष्कको कार्यलाई असर गर्न सक्छ र अल्जाइमर जस्ता न्यूरोलोजिकल रोगहरूको जोखिम बढाउन सक्छ ।

तनाव लिने

धेरै तनाव पनि मस्तिष्कको लागि हानिकारक छ । हामी निरन्तर तनावमा रहन्छौँ भने हाम्रो मस्तिष्कले कोर्टिसोल जस्ता तनाव हार्माेन उत्पादन गर्छ । जसले मस्तिष्क कोशिकाहरूलाई क्षति पुर्‍याउँछ । स्मरण शक्तिमा कमी आउने, निर्णय गर्ने क्षमता कमजोर हुने र मानसिक स्वास्थ्य समस्या निम्तने हुन सक्छ ।

शारीरिक गतिविधिमा कमी

शारीरिक क्रियाकलापको कमीले पनि दिमागमा असर गर्छ । नियमित व्यायाम गर्नाले मस्तिष्कमा रगतको प्रवाह बढ्छ, जसले मस्तिष्कको काममा सुधार गर्छ । हामी शारीरिक क्रियाकलापबाट टाढा रहँदा यसले मस्तिष्कको कार्यमा गिरावट आउँछ भने र मस्तिष्कसँग सम्बन्धित समस्याहरू निम्त्याउन सक्छ ।

धेरै लामो समय स्क्रिन हेर्ने

लामो समयसम्म मोबाइल, कम्प्युटर वा टिभीक हेर्नु मस्तिष्कका लागि हानिकारक हुन सक्छ । यसले आँखाको समस्या त निम्त्याउँछ नै ध्यान केन्द्रित गर्ने क्षमतामा पनि कमी ल्याउन सक्छ । यसबाहेक, नीलो प्रकाशको अत्यधिक एक्सपोजरले पनि निद्राको गुणस्तरलाई असर गर्न सक्छ ।

मस्तिष्कलाई स्वास्थ्य राख्न यस्ता बानी त्याग्न जरुरी छ । सन्तुलित आहार, पर्याप्त निद्रा, नियमित व्यायाम र तनाव नियन्त्रण गर्ने उपाय अपनाएर हामी आफ्नो मस्तिष्कलाई स्वस्थ राख्न सक्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप