आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

ओमोडाले ‘ओ-फरेस्ट’ योजना सहित देशभर ३००० विरूवा रोप्यो

बुधबार, ०९ साउन २०८१, १८ : ०२
बुधबार, ०९ साउन २०८१

काठमाडौँ । नेपालमा ओमोडाको लागि आधिकारिक वितरक एस.पि.जि. अटोमोबाइल्स प्रा.लि.ले टि-ट्वान्टि विश्वकप क्रिकेट २०२४ को अवसरमा ल्याएको ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नामक सामाजिक तथा वातावरणीय उत्तरदायित्व योजना (सिएसआर) अन्तर्गत ३००० वटा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

ओमोडाले काठमाडौँको दक्षिणकाली नगरपालिकाको डोल्लु समुदाय (डोल्लु सामुदायिक वन)सँगको सहकार्यमा ‘ग्रिन नेपाल, ग्रिनर फ्युचर’ नाराको साथ ‘ओ-फरेस्ट’ को अवधारणा र योजना ल्याएको हो ।

जसअनुसार  डोल्लु सामुदायिक वनमा अवस्थित यही ‘ओ-फरेस्ट’मा डोल्लु समुदाय, देशभरका विद्युतीय गाडी ओमोडाका चालक, पारखी तथा ग्राहकहरूको सहभागीतामा ५ श्रावणमा वृक्षारोपण सम्पन्न भएको छ । वृक्षारोपण कार्यक्रममा दक्षिणकाली नगरपालिकाका मेयर  मोहन बस्नेत तथा स्थानीय वासिन्दाको सहभागिता रहेको थियो ।

आधुनिक प्रविधि तथा पर्यावरणमैत्री परियोजनाहरू मार्फत वातावरण संरक्षण तथा प्रवर्द्धन गर्ने ओमोडाको दिगो लक्ष्यमा आधारित यो पहलद्वारा विद्युतीय सवारीको प्रवर्द्धन हुनुका साथै डोल्लु सामुदायिक वनका लागि उचित रूख-विरूवा पनि रोपिएको छ । यो अभियान दिगो भविष्यप्रति ओमोडाको प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम हो ।

वृक्षारोपण कार्यक्रमले डोल्लु सामुदायिक वनमा रूखको सङ्ख्यामा स्वाभाविक वृद्धि हुनुका साथै त्यहाँ रहेका लोपन्मुख प्रजातीका वनस्पति तथा जीवजन्तूको संरक्षण तथा संवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ । एस.पि.जि. अटोमोबाइल्सले वृक्षारोपण कार्यक्रम अन्तर्गत १५०० रूख-विरूवा दक्षिणकालीमा र इलाममा ‘रेड पान्डा नेटवर्क’सँगको सहकार्यमा रेड पान्डाको आरक्षणका लागि थप १५०० रूख-विरूवा पनि रोपेको छ ।

एस.पि.जि. अटोमोबाइल्सले यस्तै व्यावहारिक योजना तथा पहलकदमीहरूद्वारा  वातावरण प्रदुषणका नकारात्मक असरहरूलाई न्यूनिकरण गर्न आफ्नो भूमिका खेल्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप