लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री चेतनारायण आचार्यले बुधबार पदभार ग्रहण गरेका छन् । बिहान बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएर दाङको देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् ।
पदभारपछि मुख्यमन्त्री आचार्यले सुशासन प्रबर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान गठबन्धन सरकार सुशासन कायम गर्न, प्रदेशको औचित्य पुष्टि गर्ने गरी काम गर्न प्रतिबद्ध रहेको उनले बताए ।
मुख्यमन्त्री आचार्यले जनताले प्रदेश सरकारको अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । केही दिनभित्र मन्त्रीहरूको कार्यविभाजन गर्ने र मन्त्रिपरिषद्लाई पूर्णता दिने उनले जनाए ।
पदभार ग्रहणपछि प्रमुख सचिव, सचिव तथा कर्मचारीहरूसँग छलफल गर्दै मुख्यमन्त्री आचार्यले उच्च मनोबलका साथ जनताको पक्षमा काम गर्न निर्देशन दिएका थिए । बुधबार बुटवलमा शपथ लिएका ८ जना मन्त्रीहरू पनि देउखुरी पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण
-
पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने