पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या सहयोगीबाटै

काठमाडौँ । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या सहयोगीले नै गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पूर्वराज्यमन्त्री राय सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा साउन ७ मा मृत भेटिएका हुन् ।
घरमा सहयोगीको रूपमा कार्यरत २१ वर्षीय राम उजेन रायले उनको हत्या गरेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् । प्रहरीसँग आरोपीले हत्या गरेको स्वीकारेका छन् । पूर्वमन्त्रीले गाली गरेपछि आवेशमा उनले हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक जना अधिकृत भन्छन्– ‘पोलिग्राफ परीक्षण गर्दा उनले ढाँटेको देखिएको छ ।’
रतनपुरमा राज्यमन्त्रीका ३ वटा घर छन् । तीमध्ये एउटा घरमा सहयोगी राम उजेन उनीसँगै बस्दै आएका थिए । घरको काम बिगारेको भन्दै गाली गरेपछि आवेशमा फर्से (एक प्रकारको बन्चरो)ले हिर्काएर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ । यसअघि राम उजेनले राति घरमा ३ जना मानिसहरू आएको र पूर्वराज्यमन्त्रीको आग्रह अनुसार आफूले ओछ्यान मिलाइदिएकाे बताएका थिए । पोलिग्राफ परीक्षण गर्दा उनले झुट बोलेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्