संसदीय सुनुवाइ समिति
प्रधानको सुनुवाइ सकियो, निर्णय अर्को बैठकबाट
बुधबार, ०९ साउन २०८१, १७ : २०

काठमाडौँ । निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकिएको छ ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिकाे बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सांसदहरूले प्रधानसँग उजुरीबारे प्रश्न सोधेका थिए ।
बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि आफूविरुद्ध परेको उजुरीबारे प्रस्टीकरण पनि दिएका थिए । त्यसक्रममा प्रधानले सफाइ दिने क्रममा जिल्ला अदालतमार्फत उजुरीकर्तासँग मिलापत्र भैसकेको बताएका छन् ।
सुनुवाइ सकिएपछि अर्को बैठक बसेर नियुक्त गर्ने नगर्ने निर्णय हुने समितिका सभापतिको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग
-
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्र समर्थकको उद्दण्ड प्रदर्शनमा दुई जनाको मृत्युदेखि कर्फ्यू आदेश र सेना परिचालनसम्म
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा