बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

गिरीको राजीनामापछि प्रमुख सचेतक र सचेतकको भूमिका निष्क्रिय

बुधबार, ०९ साउन २०८१, १५ : १०
बुधबार, ०९ साउन २०८१

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले दलको नेताबाट राजीनामा दिएपछि  प्रमुख सचेतक तुलसी प्रसाद चौधरी र सचेतक रेखा कुमारी शर्माको भूमिका निष्क्रिय भएको छ ।

मुख्यमन्त्री  नियुक्तिमा हस्तक्षेप गरेपछि  गिरीले  राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका थिए । एमाले प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले संसदीय दलको नेताले राजीनामा दिएपछि आफूहरू निष्क्रिय भएको बताए ।   

उनले भने, ‘हामीलाई नियुक्त लीला गिरीले गरेको हो । संसदीय दलको नेता नै गएपछि प्रमुख सचेतक र सचेतक पद निष्क्रिय हुने हो ।  यसमा हामीले चाहिँ राजीनामा दिनुपर्ने छैन ।’

गिरिले मुख्यमन्त्री नियुक्तिमा संसदीय विधि, पद्धति भन्दा बाहिर गएर निर्णय गरेको भन्दै संसदीय दलको नेताबाट राजीनामा दिएको हुन् । एमालेले संसदीय दलका नेता गिरीलाई लुम्बिनीको मुख्यमन्त्री नबनाई उपनेता चेतनारायण आचार्यलाई बनाएको छ । आचार्यले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप