बसको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु
बुधबार, ०९ साउन २०८१, १४ : १६

काठमाडौं । बसको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु भएको छ । मृतकको सनाखत गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले रातोपाटीलाई बताए ।
साउन ८ मा भक्तपुर नगरपालिका–६ डेकोचामा कमलबिनायकतर्फ जाँदै गरेको बामगति प्रदेश–३ ख ५०८० नम्बरको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा भक्तपुर अस्पतालमा पैदल यात्रीको मृत्यु भएको डीएसपी कार्कीले जानकारी दिए ।
बस चालक हेटौंडा उपमहानगरपालिका–१० घर भएका ४५ वर्षीय अहमद हुसेनलाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘केपी ओली कप’ राष्ट्रिय क्रिकेटमा गण्डकी र हिमालयनको लगातार दोस्रो जित
-
असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
-
सुनसरी मोरङका उद्योगीद्वारा अर्थमन्त्रीलाई औद्योगिक वातावरण सुधारको माग
-
ज्यस्नु र शुभश्रीलाई स्वर्ण
-
देवेन्द्रलाल नेपाली : शेरबहादुर र दमनका गुरु ‘नागरिक आयोग’का संयोजक
-
पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा पत्रकार महासंघले गर्यो दीप प्रज्वलन [तस्बिरहरु]