आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सौर्य एयरलाइन्स दुर्घटना : डाक्टरसहित सशस्त्रको १०७ जनाको टोली परिचालन

बुधबार, ०९ साउन २०८१, १३ : २२
बुधबार, ०९ साउन २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार भएको सौर्य एयरलाइन्स दुर्घटना उद्धारका लागि सशस्त्र प्रहरीले थप १०७ जना परिचालन गरेको छ । 

एयरपोर्टमा तैनाथ बाहेक उद्धारका लागि सशस्त्रको थप टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको हो । १९ नम्बर बगलामुखी विशेष कार्यदल गणबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा १०७ जनाको टोलीबाहेक एपीएफ अस्पतालबाट १ जना डाक्टरसहित ५ जना स्वास्थ्यकर्मी खटाएको सशस्त्र प्रहरीले जनाएको छ ।

बुधवार बिहान ११ बजे पोखराका लागि उडेको उक्त ९ एन एएमआई सौर्य एयरलाइन्सको जहाज जमिन छाडने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप