रुसी सेनाबाट उद्धारका लागि ३२३ जनाको निवेदन, ११६ जना सम्पर्कविहीन

काठमाडौँ । रुस-युक्रेन युद्धमा परेका ३ सय २३ जना नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयमा निवेदन परेको छ । सम्पर्कमै नरहेको भनी खोजी र फिर्ताका लागि निवेदन दिएको सङ्ख्या ११६ जना रहेको परराष्ट्रमन्त्री आरजु राणाले जानकारी दिएकी हुन् ।
बुधबार सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा बोल्दै परराष्ट्रमन्त्री राणाले उद्धारका लागि उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको बताइन् । उनले मस्कोस्थित नेपाली राजदूतावासले समन्वय गरी रुसी सेनाबाट नेपाल फर्काउन पहल भइरहेको पनि जानकारी दिइन् ।
हालसम्म रुसी सेनामा ज्यान गुमाएकाको सङ्ख्या ३४ जना रहेको र डीएनए परीक्षणका लागि दिइएको सङ्ख्या २२ रहेको उनले उल्लेख गरिन् । युक्रेनमा ६ जना युद्धबन्दी रहेको उनले बताइन् ।
त्यस्तै घाइते भई उपचाररत ५ जनामध्ये एक जना नेपाल फिर्ता भइसकेको उनको भनाई थियो । रुस पुगेकामध्ये १५० जना नेपाल फर्किसकेको परराष्ट्रमन्त्री राणाले बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा पूर्वराजालाई अनुसन्धानको दायरामा ल्याइनुपर्छ : महेश बर्तौला
-
मुलुकको विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको छ : उद्योग मन्त्री
-
विकास र समृद्धिमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की
-
भीमेश्वर नगरपालिकामा वडाको पहलमा पढ्दै सीप सिक्दै विद्यार्थीहरू
-
नयाँ बजेटको खाका कोर्न अर्थ मन्त्रालयका ढोका बन्द
-
विद्यार्थी भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका संवाहक हुन् : मन्त्री यादव