सर्वेक्षण: राष्ट्रपतिको दौडमा ह्यारिसले ट्रम्पलाई उछिन्ने संकेत
वाशिङटन डीसी । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ । यस्तोमा रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प र डेमोक्रेट्सको तर्फबाट कमला ह्यारिस चुनावी मैदानमा उत्रिएका छन् ।
अहिलेसम्म ह्यारीस दलको औपचारिक उम्मेदवार बन्छिन् या बन्दिनन् भन्ने स्पष्ट भइसकेको छैन । तर दुवै प्रतिद्वन्द्वीले एकअर्कालाई कडा प्रतिस्पर्धा दिइरहेका छन् । यसैबीच, मंगलबार एक सर्वेक्षणको नतिजा आएको थियो । यसमा ह्यारिसलाई ट्रम्पभन्दा अगाडि देखाइएको छ ।
बाइडेन बाहिरिएपछि भएको थियो सर्वेक्षण
रोयटर्स-इप्सोसले गरेको जनमत सर्वेक्षणमा ह्यारिसले ट्रम्पलाई दुई प्रतिशतले उछिनेकी छिन् । राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि सोमबार र मंगलबार यो सर्वेक्षण गरिएको थियो । यसअघि आइतबार बाइडेनले सबैलाई चकित पार्दै निर्वाचनमा भाग नलिने घोषणा गरेका थिए । जुन २७ मा डोनल्ड ट्रम्पसँगको पहिलो खुला राष्ट्रपतीय बहसमा खराब प्रदर्शनपछि उनीमाथि पार्टीभित्रैबाट उम्मेदवारी त्याग्न दबाब बढेको थियो ।
यति पाइन् समर्थन
ताजा सर्वेक्षणमा कमला ह्यारिसलाई ४४ प्रतिशत समर्थन मिलेको छ भने रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले ४२ प्रतिशतले समर्थन पाए । यस अघि भएका सर्वेक्षणहरूमा ट्रम्पले बाइडेनलाई उछिन्दै आएका थिए । पार्टीको उम्मेदवार बन्न ह्यारिसले पर्याप्त समर्थन जुटाएको खबर आएकै समयमा यो सर्वेक्षणको नतिजा आएको हो ।
यसअघि जुलाई १५–१६ मा भएको सर्वेक्षणमा ह्यारिस र ट्रम्प ४४ प्रतिशतमा बराबरी थिए भने जुलाई १–२ मा भएको सर्वेक्षणमा ट्रम्प बाइडेनभन्दा एक प्रतिशत अङ्कले अगाडि थिए । राष्ट्रिय सर्वेक्षणहरूले ह्यारिसको समर्थन बढ्दै गएको देखाएका छन् । तर ट्रम्पको चुनावी अभियान टोलीले ह्यारिसको नेतृत्वलाई महत्त्वपूर्ण मानेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘न्याय निरूपण भई सभापति रवि लामिछाने फर्केर आउनुहुन्छ भन्ने विश्वास छ’ (भिडियोसहित)
-
मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
-
माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको बजार सुरु, तस्बिरहरु हेर्नुहोस्
-
बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
-
बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
-
यो वर्षको हिउँद पनि सुख्खा हुने, चुनौती थपियो