आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
विमान दुर्घटना अपडेट

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः गृहमन्त्री विमानस्थलमा

बुधबार, ०९ साउन २०८१, ११ : ५८
बुधबार, ०९ साउन २०८१

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थलतर्फ लागेका छन् । 

काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । विमान करिब ११ बजेतिर दुर्घटना भएको हो ।

जहाजमा १९ जना सवार रहेको जनाइएको छ भने उद्धारकर्ताले केहीको शव निकालेका छन् ।

जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप