तीन मिनेट पनि नटिकेको एउटा बिहे

कुवेत । कुवेतमा एक दम्पतीले तीन मिनेटमै बिहे रद्द गरेका छन् । बिहे लगत्तै बेहुलाले आफ्नी नयाँ दुलहीलाई ‘बेवकुफ’ भनेपछि दुई जनाबिच झगडा भएको थियो ।
इन्डी १०० का अनुसार कुवेतमा एउटा अदालतमा बिहे गरेर बाहिर निस्कने क्रममा बेहुली चिप्लिएर लडेकी थिइन् । भर्खरै बिहे गरेका श्रीमानले आफूलाई खिसी गरेपछि बेहुली त्यति नै बेला अदालत भित्र छिरेर न्यायधीससँग ठाउँको ठाउँमै बिहे खारेज गर्न भनेकी थिइन् ।
केही क्षणअघि मात्रै बिहे गराइदिएकी बेहुलीले सम्बन्ध विच्छेद मागेपछि न्यायाधीश पनि अक्क न बक्क भएका थिए । तर उनले बेहुलीको कुरा नमानी सुखै पाएनन् ।
बिहे भएको ३ मिनेटमै उक्त बिहे रद्द गरियो । यो घटना अहिलेको होइन, सन् २०१९ को हो । तर यतिबेला पुनः यो बिहे सामाजिक सञ्जालमा चर्चामा आएको छ । माइक्रोब्लगिङ वेबसाइट एक्समा यो खबर भाइरल भएपछि भिजिटरहरूले यसमा धमाधम प्रतिक्रिया दिइरहेका छन् ।
‘सुरुमै उसले यस्तो व्यवहार गर्छ भने उसलाई छाड्नै बेस हुन्छ’ एक प्रयोगकर्ताले कमेन्ट गरेका छन् । अर्का एक जनाले भने सम्मानको भावना नभएको बिहे सुरुदेखि नै असफल हुने अर्का एक जनाले बताएका छन् । यसअघि सन् २००४ मा बेलायतमा पनि एक जोडीको बिहे ४ घण्टा मात्रै टिकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखक पशुपति घिमिरेका दुई पुस्तक ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ सार्वजनिक
-
राजेश हमालद्वारा १८ डी सिनेमा उद्घाटन
-
माओवादी अभियान : गैँडाकोटमा प्रचण्डको मर्निङ वाक, लखन थापाको सालिकमा माल्यार्पण
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द
-
नयाँ वर्षको अवसरमा ७ चलचित्र निर्माणको घोषणा, तीनको प्रदर्शन मिति तय
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख