प्रस्तावित निर्वाचन आयुक्त प्रधानमाथि आज संसदीय सुनुवाइ
बुधबार, ०९ साउन २०८१, ०८ : ४८

काठमाडौँ । निर्वाचन आयोगका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानमाथि आज संसदीय सुनुवाइ हुने भएको छ । बुधबार दिउँसो १ बजे संसदीय सुनुवाइ समितिमा सुनुवाइ गर्न लागिएको हो ।
यसअघि रोकिएको प्रधानको सुनुवाइको कार्यक्रम आजका लागि राखिएको समिति सचिव निर्मला बस्ती लामिछानेले जानकारी दिइन् । प्रधान गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकबाट निर्वाचन आयुक्तमा सिफारिस भएका थिए ।
असार २० र २१ गतेका लागि संसदीय सुनुवाइ राखिए पनि रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल