आज सातवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज एकै पटक सातवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । बैठकमा नेपाल सरकारले पछिल्लो समय छिमेकी मित्र राष्ट्रहरूसँग गरेको सन्धि सम्झौताहरूको विवरण र हालसम्मको कार्यप्रगति र मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरूमाथि छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिमा प्राप्त विधेयकहरूका सम्बन्धमा छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीहरूमा छलफल हुनेछ भने बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।
त्यस्तै संसदीय सुनुवाइ संयुक्त समितिको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा निर्वाचन आयुक्त पदमा प्रस्तावित व्यक्तिको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस