राति सुतेकै स्थानमा हत्या भएका पूर्वराज्यमन्त्री रायको अन्त्यष्टि

सर्लाही । गत आइतबार राति सुतेकै स्थानमा धारिलो हतियार प्रहारगरी हत्या गरिएका पूर्वराज्यमन्त्री रामचन्द्र रायको अन्त्यष्टि गरिएको छ ।
रायको आज साँझ मलङ्गवा नगरपालिका–४, साकेत विहार राममन्दिर परिसरमा धार्मिक अन्त्येष्टि गरिएको हो । उनको अन्त्येष्टिमा सशस्त्र प्रहरी नम्बर १० को टुकडीले सोक सलामी अर्पण गरेको थियो ।
रायको पार्थिव शरीरमा जेठा छोरा शैलेन्द्र रायले दागबत्ती दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले रायको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यस्तै उनको अन्तिम संस्कारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, राप्रपाका प्रदेश अध्यक्ष भरत गिरी, पूर्वमन्त्री एवं सांसद महेन्द्रराय यादवलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
रायको हत्या घटनाको अनुसन्धान जारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रघुजी पन्त शिक्षामन्त्री नियुक्त
-
गणतन्त्र रक्षार्थ प्रतिगमनविरुद्ध वाईसीएलले संघर्ष गर्ने, यस्तो छ तयारी
-
प्रधानमन्त्री रिसाएपछि ऊर्जा राज्यमन्त्रीको पद चट
-
तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ
-
भक्तपुरमा बसको ठक्करबाट पार्किङमा राखिएका १० वटा दुईपांग्रे सवारीमा क्षति
-
गृहमन्त्रीले गराए कान्छारामलाई बर्खास्तीको जानकारी