शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टीको संसदीय दल नेता परिवर्तन

मङ्गलबार, ०८ साउन २०८१, २२ : ५८
मङ्गलबार, ०८ साउन २०८१

दाङ ।  नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशका संसदीय दलको नेता परिवर्तन गरेको छ । यसअघि प्रदेश संसदीय दलको नेता धर्मबहादुर चौधरी थिए ।  

उनका ठाउँमा राजकुमार चौधरी चयन भएका हुन् । सोमबार दलको नेता चयन गरेर प्रदेशसभालाई पनि जानकारी गराइएको राजकुमार चौधरीले बताए। त्यस्तै प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको छ । 

लुम्बिनीमा नागरिक उन्मुक्तिका चार जना प्रदेशसभा सदस्य छन् । यसअघिका दल नेता चौधरी दुई पटक भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् । कांग्रेस नेता डिल्ली चौधरी र नेकपा (माओवादी केन्द्र) का नेता जोखबहादुर महरा मुख्यमन्त्री हुँदा उनी दुवै पटक मन्त्री थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप