पर्खालको आड लागेर पिसाब गरिरहेका कानुन व्यवसायीको लिङ्ग नै लुछ्यो कुकुरले

काठमाडौँ । कुकुरलाई वफादार घरपालुवा जनावर मानिन्छ । तर कहिलेकाहीँ कुकुरले अप्रिय घटना पनि निम्त्याइदिन्छ ।
भारतको उत्तर प्रदेश राज्यको बाराबंकीमा घरपालुवा कुकुरले एक जना कानुन व्यवसायी (वकिल)को लिङ्ग नै लुछिदिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ती वकिलको उपचार भइरहेको छ ।
‘पिटबुल’ जातको कुकुरले बाराबंकीको आवास विकास कोलोनीमा वकिललाई हमला गरेको हो । केही दिनअघि भारतीय जनता पार्टीका नेता स्वं सुधीर कुमार सिद्धुको तेह्रौँ दिनको पूण्यतिथिमा आयोजित कार्यक्रममा सहभागी भएर फर्किंदै गरेका वकिललाई कुकुरले हमला गरेको हो ।
फर्किने क्रममा ती वकिल आवास विकास कोलोनीस्थित दरियावाद ब्लक प्रमुख आकाश पाण्डेयको पिता विवेकानन्द पाण्डेयसँग भेट गर्न उनको घरमा पसेका थिए । सोही क्रममा पर्खालको आडमा पिसाब गर्न लागेका ती वकिललाई अचानक पाण्डेयको घरमा पालिएको कुकुरले हमला गरेको हो । कुकुरले ती वकिलको लिङ्ग नै लुछिदिएको बताइएको छ ।
रक्ताम्य अवस्थामा उनलाई उपचारका लागि नजिकैको अस्पताल लगिएकोमा अवस्था गम्भीर भएपछि लखनउस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बाराबंकीमा छाडा कुकुरले समेत आतङ्क सिर्जना गर्दै आएको जनाइएको छ । जुलाइ महिनामा मात्र आवासीय कोलोनीमा ३–४ जनालाई छाडा कुकुरले आक्रमण गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३६७ किलो गाँजासहित ५ जना प्रहरीको नियन्त्रणमा
-
बागमतीका औद्योगिक ग्राम अलपत्र : न स्रोत छ, न व्यवस्थापन
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ
-
कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार
-
किन घोषणामै सीमित भए औद्योगिक ग्राम ?