एम्बुलेन्समा रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन

काठमाडौँ । सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालले राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ को दफा १५ ले निर्देशित गरेको मापदण्डअनुसार एकरूपता नआएको भन्ने जनगुनासो आइरहेकाले प्रादेशिक र जिल्लास्तरमा रहेका एम्बुलेन्स व्यवस्थापन समितिलाई मापदण्डको पालना गर्न निर्देशन दिएको जानकारी दिए ।
मन्त्रालयले मापदण्ड पूरा गरेको अवस्थामा मात्र एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्न निर्देशन दिएको छ । निर्देशिकामा एम्बुलेन्सले राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य पालना गरेको, एम्बुलेन्सको पहिचान हुने आवाज (साइरन), रातो लामो रङको सङ्केत बत्ती जडान भएको, एम्बुलेन्समा एम्बुलेन्स शब्द अगाडि उल्टो अक्षरबाट र तीन अङ्कको १०२ टेलिफोन नम्बर अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुनुपर्ने उल्लेख छ ।
यस्तै सरकारबाट राजस्वमा छुट प्राप्त एम्बुलेन्स भनेर स्पष्ट देखिने गरी लेखिएको, एम्बुलेन्सको वर्गीकरण खुल्ने गरी वर्ग उल्लेख भएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरकोट भ्रमण वर्ष भोलिदेखि
-
वालिङ-हुवास सडक धमाधम कालोपत्र हुँदै
-
विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारसमक्ष पुनः आग्रह
-
हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर उज्यालो बन्छ : प्रचण्ड
-
१० बजे १० समाचार : तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र, रविको मुद्दामा कैफियत प्रतिवेदन माग्यो सर्वोच्चले
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’