निर्माण व्यवसायीका समस्या समाधानमा सरकार सकारात्मक छ : उपप्रधानमन्त्री सिंह
मङ्गलबार, ०८ साउन २०८१, १९ : ०८

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीका समस्या समाधानमा सरकार सकारात्मक रहेको बताएको बताएका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको बताए । उनले सरकारले निर्माण व्यवसायीहरूलाई सहज रूपमा काम गर्ने वातावरण बनाउने बताए । उनले निर्माण व्यवसायीलाई पनि आयोजनाहरू समयमै सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे ।
भेटमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भोगिरहेका भुक्तानीदेखि सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशोधनको आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वान्सी सिटीको सहमालिक बने चर्चित फुटबलर लुका मोड्रिच
-
९ महिनामा करिब ५८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति लगानी ?
-
झुक्किएर डिपोर्ट भएकालाई अमेरिकाले फिर्ता नल्याउने
-
शिक्षकहरूका मागका विषयमा तीन मन्त्री छलफलमा
-
आणविक हतियारको मुद्दामा इरानबारे के भन्छन् ट्रम्प ?
-
युक्रेन युद्धमा मारिएकाहरूबारे के भन्छन् ट्रम्प ?