बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

संघीय निजामती कर्मचारी ऐन फास्ट ट्रयाकबाट पारित हुन्छ : मन्त्री गुप्ता

मङ्गलबार, ०८ साउन २०८१, १८ : ५०
मङ्गलबार, ०८ साउन २०८१

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती संघीय कर्मचारी ऐन फास्ट ट्रयाकबाट पारित हुने बताएका छन् ।  

नेकपा एमाले जिल्ला कमिटी पर्साद्वारा आयोजित शुभकामना तथा सम्मान कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री गुप्ताले ८ वर्षदेखि अलपत्र हुँदै आएको संघीय निजामती कर्मचारी ऐन फास्ट ट्रयाकबाट पारित गर्ने बताएका हुन् । 

मन्त्री गुप्ताले निजामती कर्मचारीलाई व्यवस्थित गर्न नसकेको र मन्त्रालयले कार्यविधि बनाइरहेको बताए । कार्यविधि बनाइसकेपछि स्थानीय तहको बेथिति अन्त्य हुने बताए । साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने सरुवालाई नियन्त्रित गरी एक कार्यालयमा १ वर्षसम्म कामकाज गर्न ऐन बनाइने पनि बताए । 

मन्त्री गुप्ताले सरकारमा आफूलाई अवसरकासाथ साथै चुनौती रहेको पनि बताए । सरकारलाई आर्थिक मन्त्री अन्त्य गर्ने, विकासका आयोजना सम्पन्न गर्ने लगायतका चुनौती रहेको उनले बताए । सरकारले काम सुरु गरिसकेको भन्दै उनले सबै चुनौती पारगरी अघि बढ्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप