अनलाइन क्यासिनोमा बन्देज लगाउँदै फिलिपिन्स

मनिला । फिलिपिनी राष्ट्रपति फर्डिनान्ड मार्कोज जुनियरले अनलाइन क्यासिनो बन्द गर्ने आदेश दिएका छन् । आपराधिक गतिविधिमा जोडिएको पाइएपछि यस्ता क्यासिनोहरूलाई बन्द गर्न आदेश दिइएको हो ।
स्थानीय भाषामा पोगोस भनेर चिनिने यी अनलाइन क्यासिनो खासगरी मुख्यभूमि चीनका खेलाडीहरूलाई लक्षित गरेर सञ्चालन गरिएका छन् । चीनमा जुवातास खेल्नु गैरकानुनी छ । तर यस्ता अनलाइन क्यासिनोहरूले टेलिफोन घोटालादेखि मानव तस्करीसम्मका अनेक अवैध गतिविधिहरू सञ्चालन गर्ने गरेको पाइएको छ ।
मार्कोजका पूर्ववर्ति रोद्रिगो डुटेर्टको पालामा यस्ता क्यासिनो मौलाएको बताइएको छ । वैध कम्पनीको खाल ओढेर यी क्यासिनोहरूले सम्पत्ति शुद्धीकरण, वेश्यावृत्ति, मानव तस्करी, अपहरण, हत्याजस्ता अनेकौँ गैरकानुनी धन्दा चलाइरहेका छन् ।
पोगोजको लाइसेन्स रद्द गर्ने र वर्षको अन्त्यसम्ममा यो क्षेत्रलाई पूरै निर्मूल पार्ने मंगलबार फिलिपिनी गेमिङ नियामकले बताएको थियो । यो क्षेत्रमा लाइसेन्स प्राप्त र लाइसेन्स विहीन ४०० भन्दा धेरैसाइट सञ्चालित छन् । यहाँ प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ४० हजारले रोजगारी पाइरहेको सरकारी अनुमान छ । एक वर्षमा यस क्षेत्रको आम्दानी २ अर्ब ९० करोड डलर (१ खर्ब ६६ अर्ब ५० करोड पेसो)को आसपास हुने गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड