‘ईश्वर’ धार्मिक फिल्म होइन : राजु
काठमाडौँ । निर्देशक राजु गिरीले फिल्म ‘ईश्वर’ नाम जस्तै धार्मिक नरहेको बताएका छन् । ईश्वर भन्नासाथ सबैले भगवान् सम्झन्छन् । तर फिल्ममा ईश्वर एउटा चरित्रको नाम मात्र भएको उनको भनाई छ ।
‘एउटा इमान्दार प्रहरीले आफ्नो कर्तव्य निर्वाह गरिरहँदा एक नेताको पावरले जागिर छोड्नुपर्ने भएपछिको परिदृश्य फिल्ममा छ’, गिरीले भने, ‘सबैकुरो अहिले खुलाउन मिल्दैन । यो कर्मसियल फिल्म हो ।’ अन्य फिल्म जस्तै ईश्वरमा पनि प्रेम, रोमान्स र एक्सन रहेको उनी सुनाउँछन् ।
‘प्रहरी पेसाबाट अलग्गिए पछि ईश्वर पात्रले गाउँमा बर्दी बिनाको प्रहरी भएर काम गर्छ’, गिरीले थपे, ‘उ भ्रष्टाचारी, घुसखोरीको विरुद्ध आवाज समेत उठाउँछ ।’ फिल्ममा समाजमा घटिरहेका राजनीतिक, भ्रष्टाचार, समाजमा बढ्दो जातीय छुवाछुतविरुद्धको कथा समेत रहेको गिरी बताउँछन् ।
गिरी ‘ईश्वर’ प्रत्येक जनता र नेताले हेर्नुपर्ने फिल्म बताउँछन् । ‘जनताले नेतालाई कसरी सुधार्छन् भन्ने बुझ्नका लागि पनि यो फिल्म हेर्नुपर्छ’, उनी थप्छन्, ‘मलाई फिल्मको कन्टेन्ट चित्त बुझेको हो ।’
‘ईश्वर’ आगामी शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । निर्देशक गिरीले यो फिल्म आफ्नो करियरकै राम्रो भएको दाबी गरे ।
फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाईँ, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।
दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म हरिबहादुर थापाले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा ओमानी रियाल पनि खरिदबिक्री हुने, विदेश पुगेका नेपालीलाई राहत
-
के हो अक्युपञ्चर उपचार विधि ?, के छ महत्व ?
-
विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै