एक वर्षमा १५ जनामा कलेजो प्रत्यारोपण, सबै सफल

काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आ. व. २०८०/८१ मा शतप्रतिशत सफलताका साथ १५ जनामा कलेजो प्रत्यारोपण गरेको छ ।
कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा पछिल्लो समय एक जना मात्र विदेशी चिकित्सकको उपस्थितिमा केन्द्रकै टोलीले कलेजो प्रत्यारोपण गर्दै आएको छ ।बिरामी तथा दाताको सुरक्षालाई ध्यानमा राखी कलेजो प्रत्यारोपण जस्तो अति जटिल र संवेदनशील शल्यक्रिया पर्याप्त सङ्ख्यामा नियमित नभएसम्म जुन सुकै संस्थामा पनि विदेशी चिकित्सकको निगरानी रहनु उपयोगी हुने डा श्रेष्ठले बताए ।
केन्द्रमा बिरामीको बिग्रेको पुरै कलेजो हटाएर जीवित दाताबाट आधा कलेजो वा मस्तिष्क मृत्यु भएका दाताको पुरै कलेजो प्रत्यारोपण गर्ने गरिएको समेत डा श्रेष्ठले जानकारी दिए । केन्द्रमा ३ वर्षको बालकदेखि ६८ वर्ष सम्मका व्यक्तिमा कलेजो प्रत्यारोपण भएको उनले बताए ।
सन् २०१६ मा दक्षिण कोरियाको सामसुङ मेडिकल सेन्टरको प्राविधिक सहयोगमा देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले सन् २०१९ मा डा. पुकार श्रेष्ठकै नेतृत्वमा नेपाली चिकित्सकको टोलीबाट पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो ।
त्यसयता केन्द्रले २६ जनाको कलेजो प्रत्यारोपण गरेकामा २४ जना ग्रहणकर्ता पुरुष र २ जना महिला छन् । यसैगरी दातामा १८ जना महिला र ८ जना पुरुष रहेका छन् । केन्द्रमा न्यूनतम शुल्क रु १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिनेछ : प्रचण्ड
-
ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा (तस्बिरहरु)
-
धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक
-
५ बजे मन्त्रिपरिषद् बैठक, हटाइएलान् कुलमान ?
-
पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी, भारत र चीनका पर्यटक भित्र्याउने उद्देश्य
-
कृष्णकुमारको १० बुँदामा एकीकृत समाजवादीको समीक्षा (पूर्णपाठ)